शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामाजिक दुरी कायम गर्दै नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

मङ्गलबार, २५ चैत २०७६, १७ : ११
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । भौतिक उपस्थिति सहितको सामाजिक दुरीका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड– १९ अर्थात् कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूको बारेमा पार्टी नेताहरुलाई जानकारी गराएका छन् ।
नेताहरुको चर्को दवावकाबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको हो । गत चैत ५ गते बसेको नेकपा सचिवालय बैठक त्यसयता बस्न सकेको थिएन । बैठक बोलाउन ढिला भएको भन्दै नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिएपछि सोमबार अध्यक्षद्धयले मंगलबारका लागि बैठक बोलाएका थिए । 

पछिल्लो समय स्वास्थ्य सामग्री खरिद लगायतका विषयमा सरकारले पार्टीमा कुनै छलफल नगरेको तथा त्यसक्रममा अनियमितता भएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए । उनीहरुले पहिलो चरणको औषधी खरिद प्रक्रिया रद्द गरेर सेनालाई दिने निर्णयको समेत विरोध गरेका छन् । आजको बैठकमा नेताहरुले यसबारे प्रधानन्त्रीसँग जवाफ खोज्ने एक नेताले रातोपाटीलाई जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप