र्यापिड टेस्ट टोलीले २१ जनाको नमुना संकलन गर्यो
मङ्गलबार, २५ चैत २०७६, १६ : ५०
कैलाली । कोरोनाभाइरस र्यापिड टेस्ट गर्ने टोलीले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी व्यारेक करेन्टाइनमा रहेका २१ जनाको नमुना संकलन गरेको छ ।
तालिम प्राप्त र्यापिड टेस्ट गर्ने टोलीले आज सो क्षेत्रबाट २१ जनाको नमुना संकलन गरेको हो ।
संकलन गरिएको नमुना आजै सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगिने स्वास्थ्य कार्यालय कैलालीका ल्याब टेक्निसियन नारायण ढुङ्गानाले रातोपाटीलाई जानकार िदिए ।
संकलन गरिएको स्वावको नमुना पीसीआर मेसिन र र्यापिड डाइग्नोष्टिक टेष्ट किटवाट परीक्षण गरिने उनले बताए ।