दीपकराज गिरीले भने–‘हामीमा एक्लै हिरो हुने बानी छ’
काठमाडौं । तेस्रो पटक पनि सरकारले लकडाउनको अवधि थपेपछि दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिकहरु अप्ठ्यारोमा देखिएका छन् । यस्तो अवस्थामा फिल्मको ज्यालामजदुरी गरेर आफु र आफ्नो परिवारको पेट पाल्दै आएका प्राविधिकहरुको अवस्था समेत दयनीय बनेको छ ।
यो अप्ठ्यारोबाट प्राविधिकहरुलाई पार ल्याउन विभिन्न फिल्मकर्मीले चलचित्र प्राविधिक संघलाई नगददेखि विभिन्न खाद्यान्नसम्म सहयोग गरिरहेका छन् । विभिन्न व्यक्ति तथा संस्थाबाट पाएको सहयोग प्राविधिक संघले पिडित प्राबिधिहरुको घरघरमा पुर्याइरहेको छ ।
यो क्रममा एकाथरी फिल्मकर्मी अप्ठ्यारोमा रहेकाको लागि सहयोगमा जुटिरहेका छन् भने अर्काेथरी फिल्मकर्मी चन्दा उठाएर मजदुरको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् । अभिनेता दीपकराज गिरीले मजदुरलाई गरिएको सहयोगको विरोध गर्नेहरुलाई हिरो हुने बानी परेकाले बिरोध गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् पोष्ट गर्दै सो बताएका हुन् । ‘भारतमा सबै कलाकारले दैनिक ज्याला गर्ने कामदारलाई पैसा उठाएर मद्दत गर्दैछन् । हामीले पनि त्यही गर्दैछौ’ उनले अगाडि लेखेका छन् ‘हामीले गर्दा चन्दा किन उठायौं, श्रमिकको अपमान भयो ।’ बलिउड फिल्मकर्मीबाट हामीले धेरै सिक्न बाँकी रहेको बताएका दीपकले हामीमा एक्लै हिरो हुने बानी भएका कारण यसको विरोध भएको समेत उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण