शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकामा कोरोनाभाइरसको असर कम, तर मृत्यु भएका घटना पनि छन् : सीडीसी

अमेरिकामा ज्यान गुमाउनको कूल संख्या ११ हजार नजिक
मङ्गलबार, २५ चैत २०७६, १६ : ०६
मङ्गलबार, २५ चैत २०७६

अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित बनेका अधिकांश बालबालिकाहरुमा भाइरसको असर मन्द देखिएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सोमबार एक रिपोर्ट जारी गर्दै जानकारी दिएको छ ।

यद्यपि, केही बालबालिकामा भने यसको गम्भीर असर पनि देखिएको र तीन जनाले ज्यान पनि गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकामा कूल संक्रमितको संख्यामध्ये २ प्रतिशतमात्र बालबालिका रहेका छन् । फेब्रुअरी १२ देखि अप्रिल २ सम्मको तथ्यांकको आधारमा सीडीसीले सो रिपोर्ट जारी गरेको जनाएको छ ।

त्यतिबेला संक्रमण पुष्टि भएका १ लाख ४९ हजार ८२ जनामध्ये २ हजार ५७२ जनामात्र १८ वर्षमुनिका थिए । जुन १.७ प्रतिशत हुन आउँछ । धेरैमा खोकी र ज्वरोजस्ता लक्षणहरु पनि देखिएका थिएनन् भने धेरै कम संख्यामा मात्र अस्पतालमा भर्ना भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यता, जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा संक्रमितको संख्या ३ लाख ६८ हजार ४४९ पुगेको छ । त्यस्तै, १० हजार ९९३ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको ५० वटै राज्यमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । केही दिन अघिमात्र राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरसका कारण अझै धेरैले ज्यान गुमाउन सक्ने चेतावनी दिएका थिए ।

स्रोत : सीएनएन लाइभ अपडेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप