शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्युयोर्कमा कोरोनाभाइरसका कारण १२ जना प्रहरीको मृत्यु, २० प्रतिशत बिरामी

मङ्गलबार, २५ चैत २०७६, १५ : ४९
मङ्गलबार, २५ चैत २०७६

न्युयोर्क प्रहरी डिपार्टमेन्ट (एनवाईपीड) ले कोरोनाभाइरसका कारण आफ्नो १२ औँ अफिसर गुमाएको छ । एनवाईपीडी अक्जीलरी प्रहरी अधिकारी रमोन रोमनको आइतबार कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, २० प्रतिशत जनशक्ति बिरामी भएको पनि एनवाईपीडीको भनाइ छ । आइतबारसम्म एनवाईपीडीका ६ हजार ९७४ जना अधिकारी बिरामीका कारण ड्युटीभन्दा बाहिर थिए जुन कूल जनशक्तिको १९.३ प्रतिशत रहेको प्रहरी रिपोर्टमा भनिएको छ । गत मार्च २८ मा यो संख्या १२ प्रतिशत रहेको थियो ।

हालसम्म १९३५ जना युनिफर्म लगाउने र २९३ जना युनिफर्म नलगाउने एनवाईपीडीका सदस्यहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

न्युयोर्क यतिबेला अमेरिकामा कोरोनाभाइरस महामारीको केन्द्रविन्दु बनेको छ । शहरमा ६८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने २७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बिरामीको चापका कारण शहरका अस्पतालहरु नै थलिएका छन् ।

स्रोत ; सीएनएन लाइभ अपडेट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप