शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल-भारत सीमा नाकामा थप कडाइ

मङ्गलबार, २५ चैत २०७६, १५ : ४६
मङ्गलबार, २५ चैत २०७६

पर्सा । कोरोना भाइरस (कोभिड –१९) को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा  थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका  १०६ सीमानाकामा  पाँचहजार ७३० प्रहरी परिचालन गरिएको  कार्यालयले जनाएको छ । सीमानाकाबाट  नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । 

लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको  प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने ४६ जना भारतीयलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ । 

लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ ।  कोरोना भाइरस सङक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा  १६२ आइसोलेसन श्यया र  १९ वटा क्वारेन्टाइन  स्थापना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप