शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोब्बर भाडा असुल्ने एम्बुलेन्स चालक पक्राउ

मङ्गलबार, २५ चैत २०७६, १५ : ४७
मङ्गलबार, २५ चैत २०७६

दाङ ।  जिल्ला ट्राफिक कार्यालय दाङले बिरामीबाट दोब्बर बढी भाडा असुल्ने एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

 ट्राफिक प्रहरीले एम्बुलेन्समा बिरामी नै नपरेको मानिस राखेर आवतजावत गराउन थालेको गुनासो आएपछि एम्बुलेन्समाथि निगरानी बढाएको थियो । जसअनुसार दोब्बर भाडा असुल्ने एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  

 लमहिदेखि तुलसीपुरसम्मको दूरीमा दोब्बर बढी भाडा लिएको पाइएपछि एम्बुलेन्स कारबाहीमा परेको ट्राफिक कार्यालयले जानकारी दिएको छ । दोब्बर भाडा लिने कृपा पोलिक्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख प्रेम रेग्मीले जानकारी दिए । लमहीबाट तुलसीपुरसम्मको भाडा ३५ सय रुपैयाँ तोकिएको छ । तर ७ हजार असुलिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप