अब दराजले बिगमार्टबाट दैनिक आवश्यक वस्तुहरू डेलिभर गर्ने

काठमाडौं– नेपालको अग्रणी अनलाइन बजार दराजले बिगमार्टसँग साझेदारी गरी आवश्यक वस्तुहरू काठमाडौं उपत्यका भित्र डेलिभर गर्न सुरु गर्ने घोषणा गरेको छ।
दराज र बिगमार्टले सरकारको अनुमतिमा उक्त साझेदारी गरी लकडाउनमा ग्राहकहरुको घरढोकामा दैनिक आवश्यक वस्तुहरू जतिसक्दो चाँडो पूर्याउन तयारी गरेको जनाएको छ ।
दाराजको डीमार्ट नामक किराना खण्ड बिगमार्टको अनलाइन शाखामा रूपान्तरण हुनेछ। त्यहाँ, ग्राहकहरूले बिगमार्टमा उपलब्ध आवश्यक उत्पादनहरूको पाउनेछन् । साथैबिगमार्टमार्फत उपलब्ध छुट सम्वन्धि सेवाहरूको पनि उपयोग गर्न सकिनेछ ।
ग्राहकहरूले दराजको बैंक पार्टनरहरूको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि १० प्रतिशत अधिकतम रु ५०० को छूट पाउन सक्नेछन् ।
बैंक पार्टनरहरूमा सनराइज बैंक, सनिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकहरु रहेका छन् ।
दराजमा बिगमार्टका सामानहरू दराज एप वा वेबसाइटको गृहपृष्ठ र होमपेजमा सजिलै भेट्न सकिन्छ। बिगमार्टको बलियो आपूर्ति चेन र विक्रेताहरूसँगको गहिरो सम्बन्धका कारण ग्राहकहरूले आवश्यक उत्पादनहरूको आशा गर्न सक्दछन्।
यसका साथै दराजकोे अनुभव र संसाधनहरूले उत्पादहरू समयमै सुरक्षित तरिकाले डेलिभर गराउने कुरा सुनिश्चित गर्न सकिने दराजले जनाएको छ ।
हाललाई काठमाडौं उपत्यकाभित्र मात्र डेलिभरी गर्ने भए पनि कम्पनीले चाँडैनै देशका अरु स्थानहरुमा पनि डेलिभरी सुविधा पुर्याउने आशा राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध