भाइको हत्या अभियोगमा दाइ पक्राउ
मङ्गलबार, २५ चैत २०७६, १५ : ३६
आफ्नै भाइलाई कुटपिट गरि हत्या गरेको अभियोगमा दाजुलाई दाङ प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ ।
जिल्लाको राजपुर गाउँपालिका १ रसरीखोलका ३२ बर्षीय प्रेमबहादुर कामीले आफ्नै २४ बर्षीय भाइ जसरामलाई चैत्र १९ गतेराति करिव साढे १० बजेको समयमा मदिराको उन्माद्मा दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
अभियुक्त दाजुलाई सोही गाउँको खेतमा लुकेर बसको अवस्थामा पक्राउ गरि कारबाही प्रकृया अघि बढाइएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
यसैबीच गुल्मीमा मंगलबार एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ बर्षीय माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास