अक्सिजन अभाव भएको गुनासो मन्त्रीकहाँ पुगेपछि....
काठमाडौं । लकडाउन अवधिका लागि जोहो गरिएको अक्सिजन सिलिण्डर रित्तो हुँदै गएपछि कपनको गार्मेन्ट चोककी जसुदा भण्डारीको छटपटी निकै बढेको थियो ।
एक सिलिन्डर मेडिकल अक्सिजनको प्रवन्धका लागि उनका आफन्तले विभिन्न प्रयासहरु गरे । विभिन्न स्थानमा फोन घुमाए । तर पनि सिलिन्डर पाउन नसक्दा बिरामीसहित उनको परिवारलाई चिन्ता बढेको थियो ।
लकडाउनका कारण बाहिर निस्कन नसक्ने अवस्थाकाबीच ७३ वर्षिय भण्डारीका परिवारले प्रयास भने जारी राखेका थिए ।
भण्डारी परिवारका एक आफन्तले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई समस्या सुनाउन सुझाए । सुझाव अनुसार नै भण्डारी परिवारले आफूहरुको समस्या सुनाउने निधो गरे । उनीहरुले मन्त्रीलाई टेलिफोन मार्फत निमोनिया र दमको बिरामी आमाका लागि राखिएको अक्सिजन सिलिण्डर सकिएको तर नयाँ पाउन नसकिएको जानकारी गराए ।
लगत्तै मन्त्री मानन्धरले चासो देखाउँदै आफ्नो सचिवालयका कर्मचारीलाई अक्सिजन सिलिण्डरको प्रवन्ध मिलाउन निर्देशन दिए। मन्त्रीको निर्देशन लगत्तै सचिवालयका जयप्रकाश श्रेष्ठ अक्सिजनको जोहो गर्न लागे ।
लगत्तै श्रेष्ठले सिलिण्डरको प्रवन्ध भएको जानकारी गराए । अर्का एक सहयोगगीलाई साथमा लिएर श्रेष्ठ भण्डारीको घर खोज्दै कपन पुगे । कपनको गार्मेन्ट चोकमा पुगेर श्रेष्ठले निमोनिया र दमकी बिरामी भण्डारीलाई अक्सिजन सिलिन्टर उपलब्ध गराए ।
मन्त्रीको सचिवालयमा फोन गरेको डेढ घण्टापछि अक्सिजन सिलिण्डर आइपुगेपछि भण्डारी भाबुक मात्र बनिनन्, लकडाउनका कारण समस्यामा सहयोगका लागि धन्यवाद दिइन् ।
आफू थला परेको र अक्सिजन नै नपाउने चिन्ताले आफूलाई थप तनाव भएको अवस्थामा सहजीकरण गरिदिएकोमा भण्डारीले मन्त्री मानन्धर र नेपाल सरकारलाई आभार प्रकट गरिन् ।
मन्त्री मानन्धरले यस अघि पनि विभिन्न समस्यामा परेका बिरामी, अशक्त र आर्थिक अवस्था कमजोर भएकाहरुको दैनिकी सहजीकरणका लागि आवश्यक पहल गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधको मुद्दा लागेर फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै