शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९ लाई विश्व राजनीतिक चक्रव्यूहबाट अलग राखौँ

मङ्गलबार, २५ चैत २०७६, १४ : १४
मङ्गलबार, २५ चैत २०७६

कोभिड–१९ सङ्क्रमण जीवन रक्षा र स्वास्थ्य सुरक्षाको विषय मात्र नभई आज राजनीतिक आर्थिक संरचनाको प्रश्न बनेर खडा  भएको छ । अमेरिकी केली क्यान्डल प्रतिष्ठित लेखक हुन् । उनी भन्छन्, “म इटाली भ्रमणमा थिएँ, मलाई कडा निमोनियाले समात्यो अस्पलताल गएँ कुनै डाक्टर र अस्पलातले कोभिड–९ परीक्षण गर्न मानेनन् । आइसोलेसनमा बसेर अमेरिका फर्कें र एन्टिबायोटिक खाएँ भाग्यवस निको भयो ।”

त्यस बेला अमेरिकामा समेत कोभिड–१९ को परीक्षणको प्रयाप्त सम्भावना थिएन । “म निरास थिएँ, मरिन्छ कि भन्ने दुविधामा थिएँ, परिवार र आफ्नो भविष्यको बारेमा चिन्ता गर्दै सोच्थेँ, ‘मेरो मुलुकमा मेरो यो स्थिति छ । अमेरिकामा हजारौँ गरिब र घरविहीन अमेरिकनहरु जसको स्वास्थ्य बिमा छैन, खाने र बस्ने ठेगान छैन ती अमेरिकनहरुको उपचार कसरी हुन्छ, सङ्क्रमित भए त्यसको व्यवस्थापन कसले गर्छ ?” 
अमेरिकन शासकले अमेरिका प्रथम, संसारको सबैभन्दा उत्तम देश भन्ने मान्यता बोकेका छन् । विश्वको सुपरपावर देशको स्वास्थ्य व्यवस्थाको स्थिति यस्तो छ भने बाँकी विश्वको अवस्था कस्तो होला ?

चीनको उहानबाट डिसेम्बरको अन्त्यमा देखा परेको भाइरस आज विश्वव्यापी महामारीका रूपमा हावाको गतिमा विश्वका सबै देशका मानिसमा सङ्क्रमण भएका छ । केही हप्ताअघिदेखि युरोप र अमेरिकामा भयावह रूपमा सङ्क्रमण फैलिएको छ । यो लेख तयार गरिरहँदा १३ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । करिब ७४ हजारभन्दा बढीको मृत्यु भइसेको छ । करिब २ लाख ७८ हजारभन्दा बढी उपचारपछि घर फर्केका छन् । सङ्क्रमितहरु अमेरिकामा धेरै भएका छन् भने मृतको सङ्ख्या इटालीमा सबैभन्दा धेरै भएको तथ्याङ्कले देखाएको छ । 

दोस्रो विश्वयुद्धपछि राजनीतिक, आर्थिक, सैनिक र पूर्वाधार विकासमा उक्त मुलुकहरुले अग्रगती प्राप्त गरेका छन् ।  विकसित राष्ट्रका जनता आफैमा सम्पन्न छन्, स्वास्थ्यको राम्रो व्यवस्था भएका र नागरिकको सामाजिक सुरक्षाको राम्रो प्रबन्धभएका मुलुक हुन् । मुलुकहरुलाई अविकसित, विकासोन्मुख र विकसित राष्ट्रमा परिभाषित गरिएका छन् । विश्वका धेरै राष्ट्रहरु गरिबी, भोक, अभाव, अव्यवस्थित बसोबास, खाद्या सुरक्षाको अभावमा बाँच्न विवस छन् । नागरिक आर्थिक चपेटामा छन् । स्वास्थ्य स्थिति डामाडोल छ । राजनीतिक अस्थिरता, द्वन्द्व, जातीय अतिवाद लगायतका द्वन्द्वमा मुलकहरु फसेका छन् । सहरिया गरिबीको समस्या झनै डरलाग्दो छ । त्यस्ता मुलुकहरुमा आज कोराना भाइरसको महामारीबाट कसरी मुक्त हुने गम्भीर प्रश्न छ तर अहिले विकसित राष्ट्र नै आफै यस महामारीमा चुर्लुम्म डुबेका छन् । 
जतिबेला चिनियाँ नागरिकहरू सङ्क्रमित हुँदै थिए यस भाइरसको बारेमा कसैलाई थाहा थिएन । यसको असर कस्तो हुन्छ भन्ने बारेमसा वैज्ञानिकहरु अनभिज्ञ थिए । धेरै चिनियाँहरु पनि अनभिज्ञ थिए ।

विगतमा देखिएका सार्स, इबोला, मलेरिया, एचआईभी जस्ता भाइरसले पारेको असर र प्रभाव अनुभव गरिसकोको चीनले यो भाइसरलाई सार्स २ हो भन्ने निश्चित गरेपछि विश्व स्वास्थ्य सङ्गठनको सहयोग र निर्देशनमा चीनको उहानलाई प्रथमत लकडाउन ग¥यो । चिनियाँ नेतृत्वले कोरना सङ्क्रमितको पहिचान गर्न अस्पताल भर्ना गर्ने, परीक्षण गर्ने र क्वारेन्टाइन निर्माण गर्ने एकसाथ अगाडि बढायो । परीक्षणबाट पहिचान भएका सङ्क्रमित बिरामीलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गर्न थाल्यो । हजारौँ मानिसको उपचार गर्न सकिने  विशेष अस्पतालको निर्माण, स्वास्थ्य सामग्रीको व्यवस्थासहित चिनभरिका स्वास्थ्यकर्मी र उहानमा केन्द्रित ग¥यो । सीमा र आगमन बन्द ग¥यो । सबै नागरिकलाई घरमा अनिवार्य बसाई स्वास्थ्यकर्मी घरघरमा गएर सङ्क्रमितको जाँच र पहिचान गरी उपचार गर्ने कामलाई तीव्रता दिए । हरेक व्यक्तिको घरमा नै दैनिक अत्यावश्यक सामग्री अपूर्ति गर्ने सिङ्गो सरकार र चिनियाँ कम्युनिस्ट पार्टी लगायत नागरिक, सुरक्षाकर्मी एकताबद्ध भएर उपचारमा संलग्न भए । यसरी चीनले आफूलाई यस कोभिड–१९ को सङ्क्रमणबाट मुक्त देश घोषणा गर्न सफल भएको छ । 

चीनमा देखा परेको भाइरस यसको सङ्क्रमणलाई अमेरिका लागयत पश्चिमा मुलुकले यो चिनियाँ समस्या हो । यो चिनियाँ जनतालाई लाग्ने रोग हो । चिनियाँहरु यस भाइरसका माध्यम हुन् भनेर चीन र चिनियाँ नागरिकविरुद्ध विश्वाव्यापी घृणा फैलाउने कार्यको नेतृत्व अमेरिकाका राष्ट्रपति ट्रम्पले गरे । 

यो भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ भनिरहँदा ट्रम्पले चिनियाँ भाइरस भनिरहे । झट्ट हेर्दा यो सङ्क्रमणले चीन र अमेरिका बीचको राजनीतिक तथा वैचारिक युद्धका साथ आर्थिक युद्धको रूपमा परिभाषित गर्न खोजियो । राजनीतिक ढङ्गले यो भाइरसको चक्रव्यूहमा चीन फसेमा विश्व तस्बिरमा अमेरिका आर्थिक, राजनीतिक  र सैनिक वर्चश्व कायम रहन सक्ने ठम्याइ अमेरिकाको रह्यो । अमेरिकी ब्लकका नेटो राष्ट्रहरुले अमेरिकन दृष्टिकोणलाई परम्परागत ढङ्गबाट सही ठाने । बेलायत र सिङ्गो युरोप अमेरिकी मान्यताको अप्रत्यक्ष सहयोगी भए । चीन विरुद्ध भ्रम छर्दै खिसिट्युरी गर्दै चीनलाई हाँसोको पत्र बनाउन लागिपरे । चीनको पटक पटकको आग्रह र सचेतनाको बारेमा किञ्चित सुन्न तयार भएनन् । जसको परिणाम आज विश्व दयानिय अवस्थामा आइपुगेको छ । 

अमेरिकी सिनेटर रकी स्कट विश्व स्वास्थ्य सङ्गठनले चिनियाँको पक्ष लिएको र विश्वव्यापी भाइरसको सङ्क्रमण गराएको Cover up global Pandemic  भनेर आरोप लगाउँदै छन् । विदेश सचिव माइक पोक्पीको आझै यो चिनियाँ उत्पत्ति भएको उहान भाइरस भन्दै नामकारण गर्दै छन् । अस्ट्रेलियाका प्रधानमन्त्री चीनले वन्यजन्तुको मासु खुल्ला बेचबिखन गर्ने र खाने गरेकाले यो भाइरस फैलिएको हो, चीनलाई कारबाही गराउन विश्व स्वास्थ्य सङ्गठनलाई गुहार्दैछन् । 
उनीहरुले चीनबाट सिक्ने र विश्व स्वास्थ्य सङ्गठनको निर्देशन पालन गर्न चाहेनन् । विकासित राष्ट्र युरोप, अमेरिका क्रमशः सङ्क्रमणको कठिन घडीबाट गुज्रिरहेका छन् । यही स्थिति रहेमा पृथ्वीको ठूलो हिस्सा मृत्युशालामा परिणत हुने खतरा छ ।
दुःखको कुरा शक्ति राष्ट्रहरु रजानीतिक वाद र प्रतिवादमा उल्झेका छन् । अमेरिकनहरुको एकोहोरो आरोप पछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिसियनले कोरोना भाइरस अमेरिकी सेनामार्फत उहान आएको आरोप लगाएका थिए । रुसी राष्ट्रपति पुटिनले पश्चिमा नवउदारवादी पुँजीवादको असफलताका रूपमा चित्रण गरेका छन् । 

विश्वकै प्रख्यात विश्लेषक, लेखक नोम चिम्सकी अमेरिकी राष्ट्रिपतिको सन्काह प्रवृत्तिले र कोरोना भाइरस फैलिनमा चीन जिम्मेवार छ भनी आरोप लगाएका छन् । उनी अमेरिकी स्वास्थ्य कोषको कटौती गर्नु,  पूर्वतयारी नगर्नु  ‘नवउदारवादी कट्टरपन्थी’ चिन्तन नै हो भन्छन् । त्यसको कारण अमेरिकाको यो भयावह सङ्कट हो भन्छन् । 

वास्तवमा अमेरिकाको गलत बुझाइ र जनताप्रतिको जवाफदेहितको कमी, राजनीतिक पृष्ठभूमि नभएको असफल नेतृत्वको कारण जनताले जीवनको चर्काे मूल्य चुकाउँदै छन् ।
कोरोना भाइरस विश्वव्यापी सङ्क्रमणलाई नजिकबाट विश्लेषण गर्ने राजनीतिक विश्लेषक र विज्ञाहरु भन्छन् : अहिले विश्वका नेताहरुमा संरक्षणवाद, राष्ट्रवादको धङधङी छ । आफू र आफूलाई मात्र सम्प्रभु ठान्नु नश्लवादी चिन्तनले घर गर्नु हो । 

चिनियाँ राष्ट्रपति सीले विश्वलाई कोभिड–१९ विरुद्ध एक भएर लड्न आह्वान गर्नुभएको छ । हिजो कोरना भाइरसलाई बुझ्ने विषयमा फरक मान्यता र धारणा थियो होला । आफ्नो राष्ट्रिय स्वार्थको रोटी सेक्नुपर्ने थियो होला । वादको राजनीतिका उचाइ प्राप्त गर्नुथियो होला । अहिले यसको अध्याय समाप्त भएको छ । अब के समाजवादी के पुँजीवादी, के निरङ्कुश के राजतन्त्रवादी के हिन्दू, के इसाई के इस्लामिक राज्य सबै वाद धर्म र पक्षधार सबै भूगोलको नेता वा नेतृत्व वर्गले महामारीविरुद्ध जुध्न एउटै मञ्चमा आउने बेला भएको छ । मानव जातिको रक्षा र पृथ्वीबाट कोराना भाइरसलाई निर्मूल गर्न आ‡आफ्न ठाउँबाट जुट्नु पर्छ । यतिखेर चीनका सयभन्दा बढी थिङ्कट्याङ्कले अमेरिकालाई खुला पत्र लेख्दै चीन र अमेरिकोको एकताबद्ध भई महामरीमा राजनीति गर्ने कार्य बन्द गर्न र एक अर्काको तेजोबध रोक्न आह्वान गरेका छन् ।

त्यसैगरी अमेरिकाका नब्बे जना कूटनीतिज्ञ, सुरक्षाविद्, बुद्धिजीवी तथा व्यापारीहरुले राष्ट्रपति टम्पलाई पत्र लेख्दै यस माहामारी विरुद्ध लड्न चिनसँग मिलेर जान आह्वान गरेका छन् । विश्वका २० राष्ट्रका राजनीतिज्ञ एवम् बुद्धिजीवीहरुले यस अभियानलाई समर्थन गरेका छन् । नेपाल लगायत विश्व १९३ राष्ट्रका राजनीतिक पार्टीहरुले संसारका सबै  राष्ट्र प्रमुखहरुलाई एक जुट भएर महामारीविरुद्ध लड्न आह्वान गर्दै १० बुँदे अपिल जारी गरेका छन् । यसबाट क्रमशः महामारीलाई राजनीति रूपमा उपभोग गर्नबाट रोक्दै साझा सहमती बनाउन प्रयत्न भएको छ ।

विश्व मानव जातिको रक्षाको लागि सबै एकजुट भएर माहामारी गर्न सक्ने आशाको किरण पलाएको छ । यसका बाबजुद महामरीको चपेटामा रहेका इरान र भेनेजुयलालाई थप नाकाबन्दी र युद्धको धम्की दिन अमेरिकाले छोडेको छैन । यही संवेदनशीलातालाई बुझ्दै सयुक्त राष्ट्रसङ्घका महासचिब एन्टोनियो गुटेरेसले युद्धरत सबै पक्षलाई युद्ध बिराम गरेर महामरीविरुद्ध लड्न आह्वान गर्नुभएको छ । त्यसैले स्थापित संस्थाहरुमार्फत सबै राष्ट्रहरुले साझा सहमती कायम गरी कोभिड–१९ को महामारीबाट पृथ्वीलाई मुक्त गर्नु साझा सङ्कल्प नै आजको मानवीय अवश्यकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आनन्दप्रसाद पोखरेल
आनन्दप्रसाद पोखरेल
लेखकबाट थप