कोरोनाभाइरसद्वारा यी बलिउड नायिका संक्रमित, बहिनीबाट स-यो रोग

बलिउड नायिका तथा सह–निर्देशक जोया मोरानीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जोया मोराना फिल्म निर्माता करिम मोरानीकी छोरी हुन् । गत हप्ता उनकी उनकी बहिनी शाजा मोरानीको रिपोर्ट पेजेटिभ आएपछि उनको परीक्षण गरिएको छ । कोरोनाभाइरसद्वारा संक्रमित पाएपछि उनी सोमबार अस्पतालमा भर्ना भएकी छिन् ।
यसअघि एक भारतीय मिडियाले शाजा विदेश यात्रामा नभएको बताएको थियो तर अन्य भारतीय मिडियाका अनुसार शाजा मार्चको पहिलो हप्ता श्रीलङ्काबाट फर्किएकी थिइन् । मोरानीका अनुसार शाजामा संक्रमणको कुनै लक्षण नदेखिइकनै उनको कोरोनाभाइरसको परीक्षण पोजेटिभ आएको हो ।
पारिवारिक श्रोतका अनुसार १५ मार्चमा राजस्थानबाट फर्किएकी जोयामा पनि संक्रमणको पुष्टि भएको छ ।
उनलाई कोकिलाबेन धीरुबाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ भने शजालाई नानावती अस्पतालमा भर्ना गरिएको छ ।
सन् १९८८ मा मुम्बईमा जन्मिएकी जोया मोरानीले आफ्नो पढाई पूरा गरेपछि बलिउडमा डेब्यू गरेकी थिइन् ।
जोयाले सन् २००७ मा शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘ओम शान्ति ओम’ मा असिस्टेन्ट निर्देशकको भूमिका निभाएकी थिइन् ।
त्यसपछि सन् २०१० मा फिल्म हल्लाबोलमा पनि उनले सह–निर्देशकको रुपमा काम गरेकी थिइन् ।
जोयाले सन् २०११ मा फिल्म ‘अलवेज कभी–कभी’ बाट अभिनय सुरु गरेकी थिइन् । यसलाई शाहरुख खानले निर्माण गरेका थिए ।
त्यसपछि उनले मस्तान र भाग जोनीजस्ता फिल्ममा काम गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
-
बबरमहलमा राप्रपाको प्रदर्शन
-
गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
-
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय