शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा अनिश्चितकाल कर्फ्यू

मङ्गलबार, २५ चैत २०७६, १३ : ३८
मङ्गलबार, २५ चैत २०७६

साउदी अबर सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यस्वरुप हिजो सोमबार देखि लाग" हुने गरि अनिश्चितकालको लागि २४ घण्टे कर्फ्यू जारL गरेको छ।

जारी आदेशमा रियाद, दमाम, ताबुक, दहरान, हफुफ,  ताइफ, कतिफ, अलखाेबर र जेद्दाका सम्पूर्ण  क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरेको यहाँको गृह मन्त्रालय लाई उदृत गर्दै रियाद स्थित नेपाली दूतावासले जनाएको छ।

यो समयमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्क्न र सो क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना गर्न नेपाली दूतावास रियादले सबै नेपालीहरुलाई अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप