बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या बढ्दै

मङ्गलबार, २५ चैत २०७६, १२ : ४८
मङ्गलबार, २५ चैत २०७६

रौतहट । कोरोनाभाइरस संक्रमणको आशंकामा रौतहटस्थित क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या दैनिक बढ्दै गएको छ ।

लकडाउन सुरुभएदेखि नै भारत लगायत विभिन्न स्थानबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुुपर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लास्थित क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या  मंगलबार बिहानसम्म २ सय ३६ पुुगेको छ । तीमध्ये १३ महिला र २ सय २३ जना पुुरुष छन् । 

जिल्लाको कटहरिया, मौलापुर, बौधीमाई, फतुवा बिजयपुर, गौर, ईशनाथ, राजपुर, चन्द्रपुर लगायतका स्थानमा गरी कुल २७ क्वारेन्टाइन छन् । 

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार जिल्लाको सबै क्वारेन्टाइनमा कुल आठसय ३६ बेड छन् । जिल्लाभर कुल २५ आइसोलेसन कक्ष निर्माण भएको उनले बताए । 

जिल्लाको विभिन्न स्थानमा रहेका क्वारेन्टाईनबाट उपचारपछि १३ जना निको भएर घर फर्किसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका बिरामीको औषधिउपचार खर्चका साथै डाक्टर तथा बिरामीको खानपिन लगायत सबै ब्यवस्था स्थानीय तहले नै गर्दै आएको जिल्ला प्रशासन कार्यालयका नासुु रामनरेस साहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप