शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा जनावर भोकै बस्न नपरुन् ! (फोटोफिचर)

मङ्गलबार, २५ चैत २०७६, १२ : ३७
मङ्गलबार, २५ चैत २०७६

काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन देशभर लकडाउन लागू गरिएको छ । दुई सातादेखि लागू गरिएको लकडाउन सोमबार मात्र थप एक साता थप गरिएको छ । यसले सर्वसाधारणको जनजीवन प्रभावित पारेको छ नै, यसबाट जनावरहरु पनि प्रभावित बनेका छन् । बाहिर मानिसहरुको चहलपहल नहुँदा मन्दिर क्षेत्रमा रहेका बाँदर र सडकमा रहेका कुकुरहरु भोकभोकै बस्न बाध्य बनेका छन् ।

जनावर नै भए पनि उनीहरुको पनि जीवन हो । लकडाउनका बेला उनीहरु भोकभोकै बस्न नपरोस् भनेर स्नेहाज् केयरले दैनिकरुपमा विभिन्न स्थानमा रहेका बाँदर र कुकुरहरुलाई खाना खुवाउने काम गरिरहेको छ । यस्तै, विपद्का बेला त हो अरुलाई सहयोग गर्ने, चाहे ती जनवार नै किन नहोस् । मानिसको असली परिचय थाहा हुने बेला यही नै हो । हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप