मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

झुटो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा तीन जना पक्राउ

मङ्गलबार, २५ चैत २०७६, १२ : २९
मङ्गलबार, २५ चैत २०७६

झुटो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका-६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३०वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका-५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् । 

    शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज किरीया गर्न जान भन्दै  जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो बिबरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३-०८-००५ ख ९१९८ नम्बर बसको पास लिएका थिए । उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप