बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नवनियुक्त गभर्नर अधिकारीले गरे पदभार ग्रहण

मङ्गलबार, २५ चैत २०७६, १२ : २६
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाल सरकारबाट राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले मंगलबार राष्ट्र बैंकमा गएर पदभार ग्रहण गरेका हुन् । 
पदभार ग्रहणअघि अधिकारीले राष्ट्र बैंकमा आयोजित विशेष कार्यक्रममा बैंकका कर्मचारीहरुलाई सम्बोधन गरेका थिए । त्यसअघि सर्वोच्च अदालतमा आयोजित एक मार्यक्रममा उनले प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट पद तथा गोपनियताको शपथ लिएका थिए । 
राष्ट्र बैंकमा यसअघि ३० वर्ष काम गरेर ४ वर्षअघि बाहिरिएका अधिकारी गभर्नरको रुपमा फेरि प्रवेश गरेका हुन् र उनले अबको ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्नेछन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप