मन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामाग्री
मङ्गलबार, २५ चैत २०७६, १२ : २०
जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले निजी लगानीमा जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
मन्त्री बस्नेतका स्वकिय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री बस्नेतले बेड १२ सेट, १ सय सेट गज, थर्मल गन १० थान, पीपीई १४० थान, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ काटुन, ४५० थान ग्लोप्स र डिटोल लिकुईट र हेण्ड वास २ काटुन सहयोग गरेका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामाग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री बस्नेतको सहयोगले मनोवल उच्च भएको बताए । उनले स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल
-
वैदेशिक रोजगारीमाा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल