बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध प्रचारबाजी गरेर बेमौसमी बाजा नबजाउन प्रधानमन्त्रीको चेतावनी

मङ्गलबार, २५ चैत २०७६, १२ : ०६
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध प्रचारबाजी गरेर बेमौसमी बाजा नबजाउन विरोधी र विपक्षी पार्टीलाई चेतावनी दिएका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संकटकोे बेला सरकारले सकेसम्म जनताको सेवाका लागि प्रयास गरिरहेको भन्दै विश्वका विकसित मुलुक समेत कोरोनाविरुद्धको लडाईं लड्न आच्छुआच्छु भएको अवस्थामा नेपाल सरकारले औषधि उपकरणदेखि चिकित्सकहरुको व्यवस्था गरेर जनतालाई संक्रमणबाट जोगाउन हरप्रयत्न गरिरहेको दावी गरे ।

 सम्बोधनका क्रममा उनले सरकारले गरेका तयारी र कामप्रति भ्रम फिजाउनुको साटोे सरकारले अघि सारेका योजानामा साथ दिनु बुद्धिमानी हुने बताए । 

उनले नेपालको मात्रै नभएर समग्र विश्वको तयारी कम रहेको यथार्थ प्रष्टिएको भन्दै सिमित साधन स्रोतसाधन भएकाले सबैभन्दा ठूलो चाुनौति स्वास्थ्य सामाग्री आपूर्तिमा रहेको बताए । उनले नागरिकको जीवन रक्षा सवैभन्दा महत्त्वपूर्ण भएकाले स्वास्थ्य उपकरण आपुर्तिका लागि विशेष व्यवस्था गरेको बताए ।

 ‘सरकारका काम विधिसम्मत हुनुपर्छ । सुशासनका मानकमाथि खरो उत्रनुपर्छ । सरकारका काम कुुनैपनि कामै नगरेको भनेर निराधार आरोपमा सवैले ध्यान दिनुपर्छ । आलोचना र टिप्पणीप्रति ध्यान गएको छ’ प्रधानमन्त्रीको भनाइ छ । 

उनले यसबेला सरकार र सरकारका कामप्रति चलाएका प्रचारवाजी बेमौसमी बाजा भएको समेत स्पस्ट पारे ।  भ्रष्टाचार हुन नदिने सरकारको प्रतिवद्धतालाई यस्ता भ्रमले कमजोर नपार्ने भन्दै उनले सरकार र जनताबीचको बलियो एकताले नै विजय पप्त गर्न सकिने बताए । प्रधानमन्त्रीले कोरोनाविरुद्धको सर्वदलीय सहमति, संसदको संकल्पलाई यसबेला राष्टिय शक्तिका रुपमा लिएको भन्दै संकटको घडीमा आफूले खेलेको भूमिका इतिहासमा लेखिने दाबी समेत गरे । 

प्रधानमन्त्रीले संकटसँग जुधेको बेला यसैमा सवैलाई ध्यान केन्द्रीत गर्न आग्रह गर्दै अरु काम पछि गर्न सकिने बताए ।  संचारमाध्यम, स्वास्थ्यकर्मी र सुरक्षाकमीले यस्तो कठिन अवस्थामा खेलेको भूमिकालाई सरहानीय भनेका प्रधानमन्त्रीले आशावाद, सामाजिक एकताका लागि भूमिका खेल्न आग्रह गरे  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप