आउने दुई साता थप चुनौतिपूर्ण हुनेछः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेलगत्तै थप सजगता र सावधानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्रीले यस्तो बताएका हुन् । उनले सिंगो मानवजाती कोरोनाविरुद्ध लडिरहेको भन्दै नेपाल पनि यो रोगविरुद्ध लडिरहेपनि खतरा अझै रहेकाले सजगता आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा संक्रमितको संख्या नौ जनामा सिमिति भए पनि उच्च जोखिम कायमै रहेकाले आजबाट पुन आठ दिन लकडाउन गरेको त्यसको विकल्प नभएको बताए ।
यो रोग ‘नियन्त्रणका लागि कुनै खोप र औषधि पत्ता नलागको अवस्थामा लकडाउन ठूलो उपचार हो । सावधानी नअपनाए भयावह हुने भएकाले आजबाट थप ८ दिन लम्व्याउन सरका बाध्य भएको । बाँकी समयका लागि पनि धैर्य गर्न आग्रह गर्दछु’, प्रधानमन्त्रीको भनाई छ । उनले आउने दुई साता थप चुनौतिपूर्ण हुन सक्ने भन्दै महामारीका विरुद्ध थप सक्दो प्रयास सरकारले गर्ने पनि बताए । र्यापिड टेस्टमा जनशक्ति परिचलान गर्ने भन्दै उनले यसका लागि पूर्ण सहयोगको अपेक्षा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण