बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आउने दुई साता थप चुनौतिपूर्ण हुनेछः प्रधानमन्त्री

मङ्गलबार, २५ चैत २०७६, ११ : ४२
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेलगत्तै थप सजगता र सावधानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्रीले यस्तो बताएका हुन् । उनले सिंगो मानवजाती कोरोनाविरुद्ध लडिरहेको भन्दै नेपाल पनि यो रोगविरुद्ध लडिरहेपनि खतरा अझै रहेकाले सजगता आवश्यक रहेको बताएका हुन् ।  

प्रधानमन्त्री ओलीले नेपालमा संक्रमितको संख्या नौ जनामा सिमिति भए पनि उच्च जोखिम कायमै रहेकाले आजबाट पुन आठ दिन लकडाउन गरेको त्यसको विकल्प नभएको बताए । 

यो रोग ‘नियन्त्रणका लागि कुनै खोप र औषधि पत्ता नलागको अवस्थामा लकडाउन ठूलो उपचार हो । सावधानी नअपनाए भयावह हुने भएकाले आजबाट थप ८ दिन लम्व्याउन सरका बाध्य भएको । बाँकी समयका लागि पनि धैर्य गर्न आग्रह गर्दछु’, प्रधानमन्त्रीको भनाई छ । उनले आउने दुई साता थप चुनौतिपूर्ण हुन सक्ने भन्दै महामारीका  विरुद्ध थप सक्दो प्रयास सरकारले गर्ने पनि बताए । र्यापिड टेस्टमा जनशक्ति परिचलान गर्ने भन्दै उनले यसका लागि पूर्ण सहयोगको अपेक्षा गरेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप