लकडाउनको बेला जेल बस्दाको दिन सम्झिए प्रधानमन्त्रीले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण दुई साता नेपाली नागरिक घरभित्रै बस्नु परेको विषयमा आफू संवेदनशील रहेको बताएका छन् ।
नेपाल कोरोनाको संक्रमणको जोखिममा रहेका कारण लकडाउन गर्नुपरेको भन्दै उनले यो बाध्यता भएको पनि बताए ।
‘दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु’, मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ ।धेरै व्यवसायीले आफ्नो व्यवसाय बन्द गर्नुपरको छ । विद्यार्थीका पढाइ छुटेको छ ।'
उनले विगतको आफ्नो जेल बस्दाको दिन समेत सम्झिदै अगाडि भने, ‘जेलमा यन्त्रणपूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबास बस्दाको कठीनाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने सबैलाई थाहा छ ।’
लकडाउनकै कारण महामारी फैलन नदिने सरकारको प्रयासमा ठूलो सहयोग पुगेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण