बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रहेनन् बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिक

मङ्गलबार, २५ चैत २०७६, ०९ : २६
मङ्गलबार, २५ चैत २०७६

स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक  एन्टिकको सोमबार निधन भएको हो ।

 सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाईटिस रोगबाट ग्रसित थिए । एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए । 

उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा र कोपा डेल रे उपाधि पनि दिलाए । 

सन् १९९१ र १९९२ को सिजन रियलमा विताएका उनले सन् २००३ को सिजन बार्सिलोना हेरेका थिए । उनी सन् २०१० को विश्वकप फुटबलमा सर्बिया टिमको प्रशिक्षक थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप