शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज : विश्व स्वास्थ संगठन स्थापनाको ७२ औँ वर्ष

मङ्गलबार, २५ चैत २०७६, ०८ : ४०
मङ्गलबार, २५ चैत २०७६

आज अप्रिल ७ । विश्व स्वास्थ दिवस । यसपटक स्वास्थ दिवसको नारा ‘नर्स र गृहणीलाई सहयोग गरौँ’ भन्ने नारा छ । यद्यपी, कोभीड–१९ का कारण विगत वर्षहरु जस्तो स्वास्थ दिवसको सार्वजनिक कार्यक्रम भने हुनेछैन ।

आजैका दिन सन् १९४८ मा संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ संगठन स्थापना भएको थियो । र, संगठन स्थापनाका लागि बसेको भेलाले सन् १९५० देखि हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य समस्याको समाधानका लागि आपसी सहयोग र सहकार्य जुटाउन भूमिका खेल्छ । विश्वका १ सय ९४ देश यस संगठनमा सदस्य छन् । यसको मुख्यालय स्वीजरल्यान्डको जेनेभामा छ ।

महत्त्वपूर्ण घटनाक्रम

सन् १९२० – चर्चित सीतारवादक पण्डित रविशंकरको जन्म ।

सन् १९४६ – फ्रान्सद्वारा सिरियाको स्वतन्त्रता अनुमोदन ।

सन् १९७८ – अमेरिकाका राष्ट्रपति जिमी कार्टरद्वारा आणविक बमको विकासमा रोक ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप