शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नरको नियुक्तिबारे शेयर लगानीकर्ता संघ : उचित ठाउँमा उपयुक्त व्यक्ति

मङ्गलबार, २५ चैत २०७६, ०८ : ३०
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकको नियुक्तिको सम्बन्धमा शेयर लगानीकर्ता संघको अतर्फबाट आधिकारिक धारणा आएको छ । शेयर बजारसँग सरोकार राख्दै आएको शेयर लगानीकर्ता संघले नेपाल राष्ट्र बैंकमा महाप्रदास अधिकारीलाइ नियुक्त गरिएको सम्बन्धमा खुसी व्यक्त गरेको हो ।

संघका अध्यक्ष उत्तम अर्यालले विज्ञप्ती जारी गर्दै यो नियुक्तिलाई “उचित ठाउँमा उपयुक्त व्यक्ति” भनेका छन् । साथै उनको नियुक्तिले कोभिड–१९ को संक्रमणबाट आक्रान्त र त्रसित बनाइरहेको यो विषम परिस्थितिमा भएको उनको कार्यकाल पुँजीबजार र समग्र अर्थतन्त्र कोशेढुंगा साबित हुने विश्वास समेत व्यक्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप