बायर्नको प्रशिक्षण क्याम्प सुरु

जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखले कोरोना भाइरसको त्रासकैबीच प्रशिक्षण क्याम्प सुरु गरेको छ । बायर्नले सोमबार रातिदेखि प्रशिक्षण क्याम्प सुरु गरेको हो ।
बार्यनले खेलाडी एकनास बसिरहँदा फिटनेसको समस्या आउने भन्दै सानो समूह बनाएर प्रशिक्षण थालेको हो । पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी थिए । जर्मनमा जारी लकडाउनमा रहेका खेलाडीले सरकारले लगाएको नियमलाई पालना गरी प्रशिक्षण सुरु गरेको जनाएको छ । १४ मार्च यता यता पहिलो पटक अभ्यासमा उत्रिएको बायर्नले सरकारसँग समन्वय गरेर तयारी गरेको पनि विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।
प्रशिक्षणमा सहभागी खेलाडीले सानो समूहमा तयारी गर्नेछन् । पहिलो दिन स्टार खेलाडीहरु रोबर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिप कोउटिन्हो, म्यानुयल निउर, किङ्से कोम्यान, निकोलस सुल, लियोन गोरेट्का, जोसुवा किम्मिच र जेरोमी बोएटिङक उपस्थित थिए ।
जर्मनमा प्रशिक्षण सुरु गर्ने बायर्न दोस्रो क्लब हो । यसअघि जर्मनकै बोरुसिया डर्टमन्डले अघिल्लो सातादेखि प्रशिक्षण सुरु गरेको थियो । सोमबारदेखि जर्मन क्लब साल्केले पनि प्रशिक्षण सुरु गरेको छ । बुन्डेस लिगाको २५औं चरणको खेल सकिदा बायर्न म्युनिख ५५ अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ५१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच