बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ गभर्नरको शपथ आजै हुने

मङ्गलबार, २५ चैत २०७६, ०८ : २४
मङ्गलबार, २५ चैत २०७६

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । आज बिहान ११ः३० बजे अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनियताको शपथ पलने कार्यक्रम रहेको प्रधानन्यायाधीशको कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्र बैङ्कका गभर्नरले प्रधानन्यायाधीशसँग पद तथा गोपनियताको शपथ लिनुपर्ने कानूनी व्यवस्था छ । सोमबार सरकारले नेपाल राष्ट्र बैङ्कको १७ औँ गभर्नरमा अधिकारीलाई नियुक्त गरेको थियो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।  
 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप