कोभीड–१९ ले पेप ग्वार्डिओलालाई मातृशोक
इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । कोभीड–१९ को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो ।
म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको छ । ‘पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं । उनी ८२ वर्षकी थिइन्,’ क्लबले लेखेको छ, ‘क्लबसँग आबद्ध सबैले यस समय पेप, उनको परिवार र साथीभाईलाई समवेदना सन्देश पठाएका छन् ।’
कोभीड १९ का कारण स्पेनमा १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ग्वार्डिओला क्याटालोनियाका स्थानीय हुन् । यहाँ कोभीड–१९ ले झन्डै २ हजार जनाको ज्यान लिइसकेको छ ।
अवस्था निकै खराब हुने र मृतकको संख्या बढ्ने जोखिम देखेपछि यहाँका स्थानीयलाई सरकारले आफैं सुरक्षित रहनु भनेको छ ।
४९ वर्षका पेप बार्सिलोना क्लबका प्रसिद्ध व्यक्तित्व हुन् । उनले खेलाडीका रुपमा कप्तानको भूमिका निर्वाह गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिग जिताए भने प्रशिक्षकका रुपमा पनि यो उपाधि जिताए । त्यसयता, उनले जर्मनीमा बार्यन म्युनिखलाई प्रशिक्षकका रुपमा बुन्डेगालिगा जिताए ।
म्यानचेस्टर सिटीको प्रशिक्षण सम्हालेयता उनले क्लबलाई दुई प्रिमियर लिग उपाधि जिताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...