विश्वभर कोरोना संक्रमितको संख्या १३ लाख नाघ्यो, सोमबार सबैभन्दा बढी मृत्यु फ्रान्समा (अपडेट)
एजेन्सी । विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख नाघेको छ । सोमबार साँझसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख २३ हजार ४ सय ८१ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७३ हजार ६ सय ४ पुगेको छ । सोमबार सबैभन्दा बढी फ्रान्समा ८ सय ३३ जनाको ज्यान गएको छ भने अमेरिकामा ७ सय ५४ जनाको ज्यान गएको छ । त्यस्तै इटालीमा ६ सय ३६ जना र स्पेनमा ५सय २८ जनाको ज्यान गएको छ । अघिल्ला दिनहरुभन्दा इटाली र स्पेनमा मृत्युदर घटेको छ, फ्रान्समा बढेको छ ।
त्यस्तै, बेलायतमा एकैदिन ४ सय ३९ जनाको ज्यान गएको छ । उता बेल्जियम र नदरल्यान्डमा क्रमसः १८५ र १०१ जनाको ज्यान गएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार इटालीमा सबैभन्दा बढी १६ हजार ५ सय २३, स्पेनमा १३ हजार १६९, अमेरिकामा १० हजार,३ सय ७०, फ्रान्समा ८ हजार ९ सय ११, बेलायतमा ५ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ । सोमबार सबैभन्दा बढी अमेरिकामा १५ हजार ४ सय ८७ जना नयाँ संक्रमित देखिएका छन् भने इटालीमा ३३ सय ८६ र स्पेनमा ३५ सय ९९ जना नयाँ संक्रमित देखिएका छन् । त्यस्तै बेलायतमा ३८ सय २ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा अहिलेसम्म कूल संक्रमितको संख्या ३ लाख ५२ हजार १६० पुगेको छ भने स्पेनमा १ लाख ३५ हजार ३२, इटालीमा १ लाख ३२ हजार ५ सय ४७, जर्मनीम १ लाख १ हजार १७८ फ्रान्समा ९८ हजार १० जनामा संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन