शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

सोमबार, २४ चैत २०७६, २२ : ४७
सोमबार, २४ चैत २०७६

बुटवल । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ । शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका  कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको आज साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए । फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनले जानकारी दिए । भरको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि  अझै रिपोर्ट आइनसकेको उनले बताए  ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो । भरको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ । रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए । यसअघि बुटवल कोरोना अस्पतालमा पाल्पा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३४  वर्षका बावुराम थापाको पनि मृत्यु भएको थियो । थापाको रिपोर्ट नेगेटिभ आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप