मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीको मागः दैनिक ज्यालादारी गर्ने मजदूरलाई विशेष प्याकेज देऊ

सोमबार, २४ चैत २०७६, १९ : ०९
सोमबार, २४ चैत २०७६

कोभिड–१९ नियन्त्रणका लागि लकडाउनका क्रममा दैनिक ज्यालादारी गर्ने मजदूरको जीवनयापनमा परेको अप्ठ्यारोबारे सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

समाजवादी पार्टी र  समाजवादी दलित मुक्ति महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी लकडाउनका कारण दिनभर काम गरेर छाक टार्ने मजदूरको दैनिकीमा नै समस्या देखिएको भन्दै सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिएको हो । कोभिड–१९ का कारण विश्वभरि फैलिएको महामारीलाई नियन्त्रण गर्न नेपालका सबै राजनीतिक दलले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर लाग्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप