शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा एम्बुलेन्सका चालक पक्राउ

सोमबार, २४ चैत २०७६, १८ : २९
सोमबार, २४ चैत २०७६

रामेछाप । मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको  लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप