उपत्यकामा लकडाउन उल्लघंन गर्ने १८१९ जना नियन्त्रणमा
काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय १ महिला सहित १८ सय १९ जनालाई नियन्त्रणमा लिएको छ ।
आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ५ सय ४४ वटा दुई पाङ्ग्रे र ३७ वटा चारपाङग्रे गरी ५ सय ८१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट १५ सय २३ जना, ललितपुरबाट २ सय ७८ जना र भक्तपुरबाट १८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर आफ्नै सुरक्षाका लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’