शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ का आधिकारिक सूचना अब एकै ठाउँमा

सोमबार, २४ चैत २०७६, १८ : ०२
सोमबार, २४ चैत २०७६

कोभिड–१९ का आधिकारिक सूचना अब एकै ठाउँबाट जानकारी लिन सकिनेछ । यसका लागि प्रदेश नं। ५ ले मोबाइल एप्स शुरु गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार ‘कोभिड– १९ ट्र्याकिङ इन्फर्मेशन सिस्टम’ नाम दिएको सो एप इन्ड्रोइड फोनको प्लेस्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध हुनेछ । यो एप अm।उछ।नयख।लउ बाट पनि डाउनलोड हुने कार्यालयले जनाएको छ । यो एपले कोरोना सङ्क्रमणको लक्षण देखिएका शङ्कास्पद बिरामीको विवरण र लोकेसन सङ्कलन गर्नेछ । जसले गर्दा बिरामी पहिचान गरी नमूना परीक्षण गर्न सहज हुने मुख्यमन्त्रीको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “विदेशबाट आएर क्वारेन्टाइनमा नबस्ने र टोल छिमेकमा कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएका व्यक्तिको विवरण अन्य व्यक्तिले पनि एपमार्फत टिपाउन सक्नेछन् । जसले गर्दा उनीहरूलाई निगरानी गर्न सहयोग पुग्नेछ ।” परिवार र टोल छिमेकका कसैमा कोरोना भाइरससम्बन्धी लक्षण देखिए एपमार्फत जानकारी गराउन पनि प्रदेश सरकारले आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसरी पठाइने विवरण गोप्य रहने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभयो । एपमार्फत कोरोनासँग सम्बन्धित राष्ट्रिय र अन्तरराष्ट्रिय सूचनासमेत प्राप्त गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप