बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको सूचना विभागद्वारा कोरोनाको ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक

सोमबार, २४ चैत २०७६, १७ : ३६
सोमबार, २४ चैत २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सूचना, संचार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरुको परामर्शमा सोमबार एक वेब एप जारी गरेको छ ।  

नेपाल मेडिकल एसोसिएसन पूर्व अध्यक्ष डा. अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएसन उपाध्यक्ष डा. अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ  डा.अशेष ढुंगानासँग चिकित्सकीय परामर्श लिन सकिने छ ।

पार्टीको वेबसाइटमार्फत जारी वेब एपका विशेषता, उद्देश्य, चिकित्सकीय परामर्श एवं निर्माण टिमबारे जानकारी दिएको छ । पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माका अनुसार उक्त एपबाट जो कसैले घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सक्ने छन् ।

कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने र नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उनको भनाइ छ । नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने उक्त एप बनाइएको शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने उद्देश्य छ ।

संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु-याउँदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने उनको भनाइ छ । उक्त एप इन्जिनियरद्वय शशांकश्री न्यौपाने र दिपेश बिष्टले बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप