शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीका कोरोना संक्रमित युवासँगै आएका दाङका सात युवा अस्पतालमा, स्वाब लिने तयारी

सोमबार, २४ चैत २०७६, १६ : ४१
सोमबार, २४ चैत २०७६

दाङ । कैलालीका कोरोना संक्रमित युवासँगै भारतबाट आएका दाङका १० युवामध्य ७ जनालाई अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । गौरीफन्टा नाका हुँदै आउने युवाहरुमध्य सोमवार विहानसम्ममा ७ जना अस्पतालमै पुगिसकेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

दाङका दश जना युवा पनि कैलालीका कोरोना संक्रमित युवासँगै भित्रिएको भन्ने सार्वजनिक भएपछि प्रहरी र पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएका हुन् । उनीहरुमध्य ७ जनालाई दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको छ ।

गौरीफन्टा नाका हुँदै आउने घोराही उपमहानगरपालिका–४ का ५ जना, लमही नगरपालिका–५ का २ जना र राजपुर गाउँपालिका–६ का २ जना, र बबईगाउँपालिका १ जना रहेका छन् ।अहिले सबै प्रशासनको सम्पर्कमा आएको भएपनि ७ जनालाई अस्पतालमा ल्याइसकिएको र ३ जना आउने क्रममा रहेको प्रजिअ रिजालले बताए ।  उनीहरुलाई अस्पतालमा राखिएको र परिवार र उनीहरुको सम्पर्कमा रहेकाहरुको निगरानी बढाइएको प्रहरीले बताएको छ । 

सम्पर्कमा आएका ७ जनालाई कोरोना विशेष अस्पतालका आइसोलेशन वार्डमा राखिएको छ  प्रजिअ रिजालले ३ जना घरमा नभेटिएकाले केहि समस्या भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप