सशस्त्र प्रहरीका डीएसपीसहित १२० जना क्वारेन्टाइनमा
काठमाडौँ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका, हेल्थ डेस्क तथा नियमित ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित १२० कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुलाई ज्वरो तथा रुघाखोकी देखिएपछि क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता प्रविणकुमार श्रेष्ठले पुष्टि गरे ।
क्वारेन्टाइनमा बस्नेमा सुदूरपश्चिक प्रदेमा खटिने बढी छन् । सुदूरपश्चिम प्रदेशमा खटिएका ९६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै, प्रवक्ता श्रेष्ठका अनुसार १ नम्बर प्रदेशमा १७ जना, २ नम्बरमा १, बागमती प्रदेशमा ५ र कर्णाली प्रदेशबाट १ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
‘क्वारेन्टाइनमा राखिएका सबैको आवश्यक स्वास्थ्यपरीक्षण पनि भइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि अवस्था हेरेर काममा खटाइनेछ ।’