शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना बिरुद्ध लड्न सर्वपक्षीय संयन्त्र बनाउन डा.शर्माको सुझाव

सोमबार, २४ चैत २०७६, १५ : ३३
सोमबार, २४ चैत २०७६

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना भाइरसको संभावित महामारी बिरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउन सुझाव दिएका छन् । विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्नसक्ने संकेत गर्दै उनले कोरोनाबाट मुलुकलाई जोगाउन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो औंल्याएका हुन् ।

       सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गदै उनले सत्तारुढ दल, मुख्य तथा अन्य साना प्रतिपक्षी दल, निजी क्षेत्र, नागरिक समाज, जनस्वास्थ्य विज्ञहरु, संकट व्यवस्थापन विज्ञ लगायतको प्रतिनिधित्व हुने गरी उच्चस्तरीय समिति बनाउन सुझाव दिएका हुन् । संकटका बेला सरकारले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले सरकारले मुलुक भित्रका सबै शक्तिहरुलाई रिझाएर नीतिगत आधार तय गर्न राजनीतिक तहमा र कार्यकारी तहमा विज्ञ विशेषको अर्को समिति बनाउन उपयुक्त हुने उनको सुझाव छ । कोरोनाको लक्षण ढिलो देखिने वा लक्षण नदेखिदै पनि संक्रमण फैलनसक्ने हुनाले खतरनाक स्थिति सृजना हुनसक्ने प्रति सचेत गराउँदै उनले दुरगामी असर पर्ने अवस्थाबाट जोगाउँन सर्वपक्षीय समितिले प्रभावकारी भूमिका खेल्न सक्ने तर्क गरेका छन् ।

       कोरोना बिरुद्धको अभियानको अग्रपंतिमा स्वास्थ्यकर्मीहरु नै हुँने भएकाले उनीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराई उच्च बनोबलका साथ काम गर्न प्रेरित गर्नुपर्ने आवश्यकता औल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप