‘डा. भगवान कोइरालाले नै काम चलाउ प्रयोग गर्न सकिन्छ भनेपछि पीपीई निर्माण सुरु गरेँ’
काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोेना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गते बिहान ६ बजेबाट लागू हुनेगरी देशमा लकडाउन घोषणा ग¥यो । चैत ११ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालका डाक्टरहरुले म्यागासेसे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महावीर पुनलाई लगातार फोन गरे ।
डाक्टरहरुले उनलाई फोन गर्नुको कारण थियो– अस्पतालहरुमा ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ अर्थात् ‘पीपीई’को अभाव । कोरोनाविरुद्ध विश्वव्यापी रुपमा युद्धकै अवस्था छ । यो युद्धमा एकातिर कोरोनाभाइरस र अर्कोतिर चिकित्सक एवं स्वास्थ्यकर्मीहरु छन् । कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकहरुको व्यक्तिगत सुरक्षाका लागि आवश्यक पीपीईको अभाव भनेको सैनिक युद्धमा हतियारविहीन सिपाही परिचालन भएसरह मानिन्छ ।
त्यसैले पनि नेपाली चिकित्सकहरु पीपीईको चरम अभाव कसरी अन्त्य गर्न सकिन्छ भन्नेमा स्वाभाविक रुपमा चिन्तित देखिए । तत्कालै बाहिरबाट पीपीई ल्याउने अवस्था पनि थिएन । सामाजिक अभियन्ता पुनको पहलमा पीपीई तयार गर्न सकिन्छ कि भन्ने झिनो आशाले डाक्टरहरुले उनीसँग सम्पर्क गरे । नभन्दै पुनले नेपाली डाक्टरहरुको त्यो आशा पुरा गरिदिए । हुन त पुन पीपीईका ज्ञाता थिएनन् । तैपनि उनले पीपीईको नमुना पठाउन डाक्टरहरुलाई सुझाव दिए । डाक्टरहरुले पीपीईको नमुना पठाइदिए । नुमना हेरेपछि पुनलाई ठ्याक्कै त्यस्तै अन्तर्राष्टिय मापदण्डको नभए पनि कामचलाउ पीपीई बनाउन सकिन्छ भन्ने लाग्यो । आफ्नो टिमका केही सदस्यहरुसँग छलफल गरेर उनी पीपीई बनाउने प्रयासमा जुटे । यतिबेला मुलुकलाई आवश्यकता परेको अवस्थामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई ) बनाउनेबाहेक पनि उनले अन्य धेरै काम गरिरहेका छन् ।
सरकारले लकडाउन घोषणा गरेको भोलिपल्ट बिहानदेखि टिचिङ अस्पताल महाराजगञ्ज र धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालका डाक्टरहरुले मलाई फोन गरेर यस्तो चिज बनाउनुप-यो भन्नुभयो । मैले उहाँहरुलाई त्यसको स्याम्पल पठाइदिनुस् भने, उहाँहरुले तत्कालै पठाइदिनुभयो । त्यो स्याम्पल हेरेर हामीले त्यस्तै किसिमको मटेरियल्स जोरजाम गरेर पहिला दुईवटा स्याम्पल बनायौँ ।
यसैक्रममा पुनले देशभरका अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचार गर्दा डाक्टर सुरक्षित बस्ने ‘बुथ’ पनि बनाएका छन् । राजधानी काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल र पोखराको गण्डकी अस्पतालमा तीनवटा त्यस्ता नमूना बुथ पुनकै अगुवाइमा बनिसकेका छन् । उनका अनुसार, काठमाडौं र पोखराबाहेक मोरङ, सुनसरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायतका अस्पतालमा यस्ता बुथ बनाउने काम भइरहेको छ ।
यो बाहेक पुनले अस्पतालहरुमा बिग्रिएका भेन्टिलेटरसमेत मर्मत गर्न चासो देखाए । कतिपय त्यस्ता भेन्टिलेटर मर्मतपछि प्रयोगमा आइसकेका छन् । कोरोना महामारीले सिर्जना गरेको संकटको यो घडीमा पुनले चिकित्सकहरुका लागि रक्षाकवच मानिएको पीपीई निर्माण गर्नुका साथै उनीहरुका लागि सुरक्षित बुथ बनाएर एक प्रकारले गुण नै लगाएका छन् । पुनले कसरी बनाए त पीपीई ?
उनकै शब्दमा :
दैनिक सय थान पीपीई तयार
सरकारले लकडाउन घोषणा गरेको भोलिपल्ट बिहानदेखि टिचिङ अस्पताल महाराजगञ्ज र धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालका डाक्टरहरुले मलाई फोन गरेर यस्तो चिज बनाउनुप-यो भन्नुभयो । मैले उहाँहरुलाई त्यसको स्याम्पल पठाइदिनुस् भने, उहाँहरुले तत्कालै पठाइदिनुभयो ।
त्यो स्याम्पल हेरेर हामीले त्यस्तै किसिमको मटेरियल्स जोरजाम गरेर पहिला दुईवटा स्याम्पल बनायौँ । बनाएको पीपीई कस्तो भयो भनेर डा. भगवान कोइरालाकै निवासमा पुगेर देखाएँ । हामीले बनाएको स्याम्पल हेरेपछि उहाँले अहिले बजारमा केही नभएको अवस्थामा यसले पनि काम चलाउ गर्न सकिन्छ भन्नुभयो । त्यसपछि बनाऊ भनेर हामीले बनाउन थाल्यौँ । चैत २४ गतेसम्म १३ सय थान पीपीई बनाइसकेका छौँ । दिनमा ८० देखि १०० थानसम्म पीपीई तयार हुने गरेको छ । धेरैतिरबाट माग आइरहेको छ । मटेरियल्स पाउँदासम्म यो काम नरोक्ने प्रयासमा छु ।
कसरी गरे मटेरियल्सको जोहो ?
पीपीई नै बनाउने भनेर मटेरियल्स ल्याएको होइन । पीपीईजस्तै अरु समान बनाउनलाई व्यापारीहरुले ल्याएको मटेरियल्स प्रयोग गरिएको हो । यो मटेरियल्स ‘वाटर प्रुफ’ र ‘विन्ड प्रुफ’ छ र दुई लेयरको मटेरियल्स हुने रहेछ । खोज्दाखेरी त्यो मटेरियल्स झण्डै ८ हजार मिटरजति पाइयो । त्यसैबाट बनाइदैँछ । विभिन्न जिल्लाका अस्पतालहरुबाट अनुरोध आउँछ । ती अस्पतालहरुको क्षमता हेरेर पीपीई दिने गरेका छौँ । ठूलै अस्पताल हो भने १० देखि १५ वटासम्म र सानो अस्पताललाई ७ वटासम्म दिने गरेको छु । हेल्थपोष्ट भए ३ वटासम्म उपलब्ध गराउने गरेको छु ।
समाचारहरुमा एम्बुलेन्स चालकहरुले पीपीई नभएर एम्बुलेन्स चलाउनै मानेनन् भनेको कुरा पढेँ । यो पढेपछि मैले सोमबार बिहान काठमाडौँ उपत्यकामा भएका एम्बुलेन्स चालकहरुलाई लाइसेन्ससहित आउनु र एउटा पीपीई लगाएर जानु भनेर फेसबुकमा पोष्ट गरेँ । किनभने सुरक्षाको हिसावले पनि एम्बुलेन्स चालकहरुलाई पीपीई अनिवार्य नै देखिएकाले कसैले पीपीईको अभावमा एम्बुलेन्स नै चलाउन नपर्ने अवस्था नआओस् भनेर यो निर्णय गरेको हुँ ।
म घरबाट त्यति धेरै बाहिर निस्केको छैन । घरमै बसेर फोन, इमेल, म्यासेन्जरमार्फत सम्पर्क गर्ने गरेको छु । फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमा लेख्ने र रिप्लाई गर्ने काममा बढी व्यस्त हुनुपरेको छ । राष्ट्रिय आविस्कार केन्द्रमा स्वयंसेवकका रुपमा काम गर्ने भाइहरु छन् । कतै दौडनु परेमा उनीहरु हिँड्छन् । खासगरी पीपीई बनाउनुपर्ने सामान क्षेत्रपाटी, नयाँबजार लगायतका स्थानमा रहेका गार्मेन्टबाट किनेर ल्याउनुपर्ने हुन्छ । त्यसरी सामान ल्याएपछि पीपीई बनाइसकेर राष्ट्रिय आविस्कार केन्द्रबाट बाँडिन्छ । त्यसले गर्दा त्यतिधेरै दौडधुप गर्नुपरेको छैन ।
एम्बुलेन्स चालकलाई निःशुल्क पीपीई
समाचारहरुमा एम्बुलेन्स चालकहरुले पीपीई नभएर एम्बुलेन्स चलाउनै मानेनन् भनेको कुरा पढेँ । यो पढेपछि मैले सोमबार बिहान काठमाडौँ उपत्यकामा भएका एम्बुलेन्स चालकहरुलाई लाइसेन्ससहित आउनु र एउटा पीपीई लगाएर जानु भनेर फेसबुकमा पोष्ट गरेँ । किनभने सुरक्षाको हिसावले पनि एम्बुलेन्स चालकहरुलाई पीपीई अनिवार्य नै देखिएकाले कसैले पीपीईको अभावमा एम्बुलेन्स नै चलाउन नपर्ने अवस्था नआओस् भनेर यो निर्णय गरेको हुँ ।
सरकारलाई उपदेश दिन उचित ठानिनँ
कोरोना नियन्त्रण तथा रोकथाममा सरकारलाई उपदेश दिन जरुरी ठान्दिनँ । किनभने त्यो जरुरी पनि छैन । अर्को, हामीले दिएको उपदेश सरकारले सुन्दा पनि सुन्दैन । र, सरकारमा धेरै विज्ञहरु छन् । तर पनि कोरोनाविरुद्धको लडाईमा सरकारले ढिलो कदम चाल्यो । ढिलो कदम चालियो भनेर सरकारलाई गाली गर्ने पनि होइन । किनभने कसैले पनि यस्तो महामारी आउला भनेर सोचेकै थिएन । तर अब संकट त आइसक्यो, ढिलै भए पनि चालिएका कदमहरु प्रभावकारी हुनुपर्छ, प्रभावकारी कदम चाल्नुपर्छ भन्ने मेरो भनाइ हो । यसमा सबैको समर्थन नै हुनेछ भन्ने लाग्छ । किनभने युद्धस्तरमा काम नगरे हामीले ठुलो क्षति पनि ब्यहोर्नुपर्ने हुन्छ ।
अहिलेको स्थिति भनेको युद्धकै जस्तो हो यो अवस्थामा हामीले काम पनि त्यसैगरी गर्नुपर्छ । तर सरकारको काम गराई धेरै ढिलो छ । त्यसैले जतिसक्दो छिटो काम गरेमात्रै हामी यो युद्ध जित्न सक्छौँ भन्ने बुझेर सरकारले काम गर्नुपर्छ भन्ने मेरो सुझाव छ ।
मेरो यो चिकित्सकीय विधा होइन । मैले जानेर र सुनेर अहिले काम गरिरहेको छैन । आवश्यकता देखेर म यो काममा लागेको हुँ । अहिलेमात्रै होइन, मैले जिन्दगीमा जेजे काम गरेँ, त्यो आवश्यकता देखेर नै गर्दै आएको छु । मलाई त यो पीपीई भन्ने कुरा लकडाउन घोषणा हुँदासम्म थाहा थिएन । किनभने म त डाक्टर परिनँ, मेरो विधा वा क्षेत्रको कुरा परेन ।
उपचारमा संलग्नहरुको मनोबल बढाऔँ
कोरोना संक्रमण नेपालमा दोस्रो चरणमामा पुगिसक्यो । यो अझ बढ्दै गयो भने स्थिति भयावह हुनसक्छ । त्यसका लागि सरकारमात्रै होइन, आम नागरिक पनि सचेत र सर्तक हुन जरुरी छ । लकडाउन, क्वारेन्टाइन र आइसोलेसनका नियमहरु सबैले पालना गरौँ । सामाजिक दुरी कायम गरौँ । यो नै संक्रमणबाट बच्ने सबैभन्दा ठुलो उपाय हो जस्तो लाग्छ । यससम्बन्धी उपचार गर्ने अस्पताल, डाक्टर, नर्स, एम्बुलेन्स चालकहरुमा सन्त्रासको स्थिति छ । अरु त घरघरमै बस्ने भए तर जो यसको उपचारमा लागिरहेका छन्, उनीहरुको मनोबल बढ्ने किसिमले काम गर्नुपर्छ ।
स्वास्थ्यकर्मीमै त्रास
कतिपय चिकित्सक वा अस्पतालहरुले कोरोनाको उपचार गर्न नसकिने भनेर गरेका गुनासा यदाकदा सुन्ने गरिएको छ । उनीहरुमा डरको भावना भएको जस्तो पनि बुझिन्छ । यसमा यसै हो भनेर हामीले भन्न सक्ने कुरा हुँदैन । कतिले अल्छी लागेर पनि त्यसो गर्ने गरेको हुन सक्छ । बहाना पार्ने पनि हुन्छन् । उनीहरु सरकारले यसो गरेन, उसो गरेन भनेर भन्न सक्छन् । तर सबै त्यस्ता हुँदैनन् । गर्ने चाहना हुँदाहुँदै पनि साधनस्रोत नभएर नगरेका पनि हुन सक्छन् । यो निक्र्यौल गरेर सरकारले आवश्यक स्रोत साधन दियो भने बहाना बनाउनेहरु पनि काम गर्न बाध्य हुन्छन् । सिपाहीले युद्ध गर्न जान्नँ भन्न पाउँदैन तर युद्धमा चाहिने हातहतियार र गोलीगठ्ठाको व्यवस्था गरिदिनुपर्छ ।
आवश्यकता देखेर अग्रसर भएँ
मेरो यो चिकित्सकीय विधा होइन । मैले जानेर र सुनेर अहिले काम गरिरहेको छैन । आवश्यकता देखेर म यो काममा लागेको हुँ । अहिलेमात्रै होइन, मैले जिन्दगीमा जेजे काम गरेँ, त्यो आवश्यकता देखेर नै गर्दै आएको छु । मलाई त यो पीपीई भन्ने कुरा लकडाउन घोषणा हुँदासम्म थाहा थिएन । किनभने म त डाक्टर परिनँ, मेरो विधा वा क्षेत्रको कुरा परेन ।
त्यही लकडाउन भएको भोलिपल्ट अस्पतालका डाक्टरहरुले भनेपछि यो यस्तो चिज रहेछ भन्ने थाहा पाएँ । संकटका बेला जसले जे जानेको छ, त्यो गर्न अघि सर्नुपर्छ । यो समस्या कुनै एक व्यक्ति, एक जिल्ला वा एक देशकोे निजी समस्या होइन । यो त सम्पूर्ण मानव समाजको समस्या हो । त्यसैले यसलाई परास्त गर्न सबै मिल्नुपर्छ, नमिलेसम्म यो समाधान हुने देखिदैँन । त्यसकारण सबैले आफुले सकेको काम गर्नुपर्छ । यदि काम गर्न नचाहने हुनुहुन्छ भने पनि कोठा या घरभित्रै बसेर सहयोग गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध चुनढुङ्गा उत्खनन गरेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध मुद्दा, अध्यक्ष मुरारका ४ लाख धरौटीमा रिहा
-
लिलाबल्लभलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
-
स्थानीय तह उपनिर्वाचन : माओवादीको ८ सिट दाउमा
-
शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा मानव अधिकार आयोगको जोड
-
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थाले पाए अनुमति