बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा कोरोना संक्रमणले पहिलो डाक्टरको मृत्यु

सोमबार, २४ चैत २०७६, १४ : २०
सोमबार, २४ चैत २०७६

अफगानिस्तानमा कोरोनाभाइरसको संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा डाक्टर काबुल एक नीजि अस्पताल काम गर्ने जानकारी दिए । अब उनीसँग काम गर्ने अन्य २० जनाको कोरोनाभाइरस परीक्षण गरिँदै छ ।

अफगानिस्तानमा कोरोनाभाइरसका ३ सय ६७ संक्रमित छन्  । अहिलेसम्म यहाँ १० जनाको ज्यान गइसकेको छ । इरानको सीमा नजिकैको हेरात प्रान्तमा स्थिती सबैभन्दा खराब छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप