शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

सोमबार, २४ चैत २०७६, १४ : ०५
सोमबार, २४ चैत २०७६

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । 

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिइन् । 

उनका तीन छोरी  रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप