शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कनिका कपुर दुई हप्तापछि अस्पतालबाट डिस्चार्ज

सोमबार, २४ चैत २०७६, १३ : ५३
सोमबार, २४ चैत २०७६

भारतका लखनउको एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका कनिका कपुरलाई मंगलबार बिहान अस्पतालबाट छुट्टी दिइएको छ ।

कनिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि भएपछि २० मार्चमा अस्पताल भर्ना गरिएको थियो ।

त्यसपछि पीजीआईमा उनको पाँचपटक परीक्षण भयो र सोमबार जब लगातार दुईवटा रिपोर्ट नेगेटिभ आयो तब उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । यद्यपि, उनलाई घरमा नै दुई हप्तासम्म क्वारेन्टिनमा बस्न सल्लाह दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप