बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अस्ट्रेलियाका  विदेशमन्त्रीबीच टेलिफोन वार्ता

सोमबार, २४ चैत २०७६, १३ : ४१
सोमबार, २४ चैत २०७६

अस्ट्रेलिया । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आज आफ्नो समकक्षी अष्ट्रेलियाका विदेशमन्त्री सेनेटर होन मारिस पाइनसँग टेलिफोन वार्ता गरेका छन् ।

अस्ट्रेलियाका  विदेशमन्त्री, सेनेटर होन मारिस पाइनसँग ज्ञवालीले  पर्यटकहरूको स्वदेश फिर्तीलगायतका विषयमा  कुराकानी गरेको क्यान्बेरास्थित नेपाली राजदूतावासले  जानकारी गराएको छ । 

उक्त टेलिफोन वार्तामा  अष्ट्रेलियामा रहेका पर्यटक भिसामा रहेका  नेपाली नागरिकहरुको सुरक्षा लगायतको विषयमा पनि छलफल भएको बताइएको छ । 

त्यसैगरी नेपाल वायुसेवा निगमकाे अस्ट्रेलिया उडानऽ नेपाली विद्यार्थीको समस्या लगायतबारे  समेत छलफल  भएको थियो । 

सो क्रममा  नेपाल-अष्ट्रेलिया कूटनीतिक सम्बन्धको ६० औं वर्षको अवसरमा शुभकामना आदानप्रदान पनि भएको बताइएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप