दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष २० माः निर्णायक रिचीले भने, ‘तिमी हाम्रो चम्किलो तारा हौ’
नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको शीर्ष २० मा पुग्न सफल भएका छन् ।
अमेरिकन आइडलले सोमबार राती प्रशारण आफ्नो कार्यक्रममार्फत् शीर्ष २० प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।
२१ वर्षे दिवेश आर्थर गन नामबाट पनि परिचित छन् ।
अमेरिकन आइडलको शीर्ष २० प्रतिस्पर्धी घोषणा गर्नुअघि निर्णायक मण्डलमध्येका एक लियोनेल रिचीले उनलाई आफ्ना सबै प्रतिस्पर्धीमध्ये सबैभन्दा युनिक (अद्विीतीय) प्रतिस्पर्धीको उपमा दिए ।
उनले भने, ‘जब तिमी हामीमाझ पहिलो पटक आयौ तब हामीले तिमीबाट के आशा गर्ने भनेर ठम्याउनै सकेनौं । तर जब तिमीले आफ्नो मुख खोल्यौ, तिमीले तत्काल आफ्नो परिचय स्थापित गरिहाल्यौ ।
दिवेशको प्रस्तुती हेर्न उनको सपरिवार अमेरिकन आइडलको स्टेजमा पुगेको थियो । प्रस्तुती दिनुअघि उनले आफ्नो परिवारलाई धन्यवाद दिए । कार्यक्रममा उनले बब मार्लीको ‘इज दिस लभ’ बोलको गीतमा आफ्नो प्रस्तुती दिएका थिए ।
उनले प्रस्तुती दिनै लाग्दा निर्णायक केटी पेरीले भनिन्, ‘ऊ विशुद्ध प्रतिभाको धनी हो ।’
दिवेश शीर्ष २० मा परेको जानकारी दिँदै गर्दा निर्णायक लियोनेल रिचीले यो सूची तयार पार्नु आफैंमा निकै गाह्रो भएपनि उनलाई छान्नु भने निकै सजिलो भएको बताए ।
रिचीले दिवेशलाई भनेका छन्, ‘तिमी हाम्रो चम्किलो तारा हौ ।’
आफू अमेरिकन आइडलको शीर्ष २० मा छानिँदा उत्कृष्ट महसुस भएको दिवेशले बताए ।
यद्यपि, शीर्ष २० प्रतिस्पर्धी घोषित गरेपछि अमेरिकन आइडलले आफ्नो कार्यक्रमको निर्माण केही समयका लागि रोकेको छ । अमेरिका लगायत विश्वभरी कोरोनाभाइरसको संक्रमण व्यापक फैलिएपछि यो रोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


