ग्रीनकार्ड जोगाउन अमेरिका उडे अभिनेता सरोज
काठमाडौं - करिव ५ बर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा अभिनेता सरोज खनालले बुढ्यौली समय स्वदेशमा बिताउन फर्किएको बताएका थिए ।
उक्त समय टेलिभिजन कार्यक्रममा प्रस्तोताले नेपाल बृद्धाआस्रम हो र भनेर प्रश्न गरेको बिषय निकै बिवादमा चर्चामा छाएको थियो ।
उक्त बिवाद पछि अभिनेता सरोज खनालले अवको समय समय आफ्नो देश नेपालमै कलाकारिता गरेर बस्ने बताएका थिए । सोही कारणले पनि धेरै निर्माताले उनलाई फिल्मको अफर समेत लगातार दिए ।
तर, अहिले आएर अभिनेता फेरि अमेरिका उडेका छन् । अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि आइतबार अमेरिका उडेका हुन् ।
अमेरिकाको ग्रीनकार्डका कारण उनी अहिले अमेरिका उडेको बुझिएको छ ।
अमेरिकाको सुख सुबिधा छाडेर श्रीमती सहित नेपाल फर्किएको बताएर सो समय सबैको सहानुभुतिका पात्र बनेका सरोज अहिले फेरि अमेरिका उडेका हुन् ।
सरोजका छोरा र श्रीमती केही पहिले देखिनै अमेरिकामै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण