डोल्पालीलाई सांसदको राहत
डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले काठमाडौँमा भोकभोकै बसेका डोल्पालीलाई खाद्य सामग्री वितरण गरेका छन् । कोभिड–१९ विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर भोकभोकै रहेका डोल्पावासीलाई सांसदले खाद्य सामग्री वितरण गरेका हुन् ।
उपचारका लागि काठमाडौँ गएका डोल्पाली लकडाउनपछि अलपत्र परेका थिए । पूर्वराज्यमन्त्री बुढाले जिल्लाको मुड्केचुला गाउँपालिकाअन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिंहका तीन जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाका ६ जनाको परिवारलाई नुन, चामल, तेल, दाल, मसलालगायत खाद्य पदार्थ वितरण गरेका हुन् । ‘उपचारको क्रममा पैसा सकिएपछि केही दिनदेखि भोकभाकै बस्नुपरेको थियो, सांसद बुढाको सहयोग पायौँ, ठूलो राहत महसुस गरेका छौँ’, राहत थाप्दै कमलाले भनिन् । डोल्पाली भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरीद गरेर वितरण गरिएको सांसद बुढाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा
-
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार