शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पटाका पड्काउने कार्यमा संलग्न १४ जना पक्राउ

सोमबार, २४ चैत २०७६, १२ : ०५
सोमबार, २४ चैत २०७६

धनुषा।  जनकपुर उपमहानगरपालिका-२, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-४ डेरा गरी बस्ने बारा कलैया नगरपालिका-२ घर भएका ३५ वर्षीय रामप्रकाश साह सहित १४ जनालाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप