लकडाउनको समय लम्ब्याउने तयारी, मन्त्रिपरिषद् बैठक बोलाइयो
काठमाडौं । सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ । दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।
स्रोतका अनुसार आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । सो बैठकमा लकडाउनको समयावधि अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो ।
आज यसबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठकले लकडाउनको समय थप्नेबारे निर्णय गर्ने एक मन्त्रीले रातोपाटीलाई बताए ।
यसअघिको मन्त्रिपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट विधिबारे सम्भावित संक्रमितको पहिचान गर्ने निर्णय गरेको थियो । यस्तै संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेशमा जान समेत रोक लगाउने निर्णय गरेको थियो ।
तर लकडाउनको विषयमा अर्को बैठकले निर्णय गर्ने समझदारी भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताएका थिए ।
सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत १५ गते मध्यरातसम्मको लागि समय थप गरेकोमा फेरि बढीमा एक साता लकडाउन लम्ब्याउन खोजिएको हो ।
छिमेकी देश भारतमा समेत २१ दिन लकडाउन गरिएकाले भारतमा नखुल्दासम्म नेपालमा पनि कायम राख्ने सरकारी रणनीति रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर