शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट आएकाबाटै उच्च जोखिमः विमानबाट आउनेको तथ्यांक छ, ठेगान छैन

सोमबार, २४ चैत २०७६, ०७ : ५९
सोमबार, २४ चैत २०७६

काठमाडौं : नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । 

शुक्रबारसम्म विदेशबाट आउनेहरु ६ जनामा संक्रमण पुष्टि भएकामा शनिबार मध्यानन थप तीनजनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये दुई जना भारतबाट स्थल मार्ग हुँदै आएका र एक जना विदेशबाट आउनेबाटै संक्रमित भएकी हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार १ मार्च (२८ फागुन) यता २२ मार्च (९ चैत) सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार ५ सय ६६ जना नेपाली तथा विदेशी यात्रु त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप