शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटलीमा दुई हप्ता पछि पहिलो पटक मृत्युको आँकडामा कमी, संसारभरी संक्रमितको संख्यामा थोरै कमी

सोमबार, २४ चैत २०७६, ०७ : २५
सोमबार, २४ चैत २०७६

कोरोनाभाइरसले संसारभरी आफ्नो जरा गाडेको छ । यद्यपि, पछिल्लो दुई दिनको तुलनामा आइतबार संक्रमितको संख्या थोरै कम भएको छ ।

सोमबार बिहानसम्म संसारभरी संक्रमितको संख्या १२ लाख ७२ हजार बढी पुगिसकेको छ । जबकी मृतकको संख्या ६९ हजार ४ सय २४ पुगेको छ । हालसम्म २ लाख ६२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो दुई हप्तामा पहिलो पटक इटलीमा कोभिड–१९ को संक्रमणबाट हुने मृत्युमा कमी देखिएको छ । आइतबार इटलीमा कोरोनाका कारण ५२५ जनाको मृत्यु भएको छ । १९ मार्चपछि पहिलो पटक २४ घण्टाको अन्तरालमा इटलीमा यति कम व्यक्तिको मृत्यु भएको हो । हुन त कोरोनाभाइरसको संक्रमणका कारण इटलीमा १५ हजार ८ सय ८७ को मृत्यु भइसकेको छ ।

यता स्पेनमा एकैदिन ६ सय ९४ को मृत्यु भएको छ । गत हप्ताको तुलनामा २४ घण्टाभित्र भएको मृत्युको यो सबैभन्दा कम संख्या हो । स्पेनमा अहिलेसम्म यो महामारीले १२ हजार ६ सय ४१ को मृत्यु भइसकेको छ । कोरोनाभाइरसको संक्रमणको हिसाबले यो दोस्रो स्थानमा पुगिसकेको छ । यहाँ एक लाख ३१ हजार बढी संक्रमित छन् ।

अमेरिकामा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । संसारभरी सबैभन्दा धेरै ३ लाख ३६ हजार बिरामी अमेरिकामा छन् । यहाँ एकैदिन ११ सय ६५ जनाको मृत्यु भएको छ । यससँगै यहाँ महामारीका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ ।

अमेरिकामा न्यूयोर्क सिटी कोरोनाभाइरस संक्रमणको हटस्पट बनेर उदाएको छ । यो शहरमा अहिलेसम्म ४ हजार १ सय ५९ को मृत्यु भएको छ ।

फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट भएको मृत्युको आँकडा ८ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५ सय १८ को मृत्यु भएको छ जबकि शनिबार यो आँकडा ४४१ थियो । यहाँ संक्रमितको संख्या ९२ हजार भन्दा बढी भइसकेको छ ।

यस्तै, बेलायतमा आइतबार ६२१ को मृत्यु भएको छ । ब्रिटेनमा अहिलेसम्म ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ जबकि संक्रमितको संख्या ४७ हजार पार गरिसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन केही परीक्षणका लागि अस्पताल भर्ना हुनु परेको छ जबकी बेलायती महारानी एलिजाबेथले राष्ट्रको नाममा गरेको सम्बोधनमा बेलायती स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै कोरोनाभाइरसको संकटबाट चाँडै नै बाहिर निस्कने आशा प्रकट गरेकी छिन् ।

Source: https://www.bbc.com/hindi/live/international-52170353

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप