केन्द्रीय संस्करण

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण सुरु

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline0

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो पटक ११ जनाको स्वाब लिइएको धुलिखेल अस्पतालले जनाएको छ ।

विदेशबाट फर्किएका र केही शङ्कास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालले जनाएको छ । सरकारले ‘टेष्ट किट’ उपलब्ध गराएपछि आजदेखि परीक्षणका लागि स्वाब लिएको अस्पतालका चिकित्सक निराजन भुसालले जानकारी दिए । ‘धुलिखेल अस्पतालमा नै अब रियल टाइम पिसिआर मेशिन उपलब्ध भएको कारण टेकुमा हुने सुविधा अब यही अस्पतालबाट शुरु भएको छ’, चिकित्सक भुसालले भने । उनका अनुसार करीब ९० वटा नमूना एकैपटक परीक्षण गर्न सकिने सो मेशिनबाट चारदेखि पाँच घण्टामा परिणाम थाहा हुनेछ ।

अस्पतालका चिकित्सक राजेन्द्र कोजुले प्राप्त सामग्री पर्याप्त नभएका कारण हप्ताको दुईपटक आइतबार र बुधबार मात्रै हुने बताए । अस्पतालले थोरै सामग्रीका बाबजुद पनि परीक्षण शुरु गरेको डा.राजेन्द्र कोजुले जानकारी दिए । अस्पतालमा परीक्षणका लागि आवश्यक व्यवस्थापनसहित आइसोलेशन वार्ड तयारी गरी बिरामीको उपचार भइरहेको डा.कोजुले बताए । अस्पतालले सीमित साधन र स्रोतका बाबजुद पहिलो दिन ११ जनाको परीक्षणका लागि नमूना सङ्कलन गरिसकेको र अब पछि बुधबार मात्रै परीक्षण गर्ने जानकारी गराएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.